अटो

टाटाका सवारी खरिदमा हिमालयन बैंकले सहुलियत दरमा कर्जा दिने

Agreement with Sipradi

२९ पुस, काठमाडौं । हिमालयन बैंक लिमिटेड र सिप्रदी ट्रेडिङ्ग बीच सम्झौता भएको छ ।

उक्त सम्झौताअनुसार सिप्रदी ट्रेडिङ्गका ग्राहकहरुले सो कम्पनीबाट सवारी साधन खरिद गर्दा हिमालयन बैंकबाट सहजताका साथ सहुलियत दरमा  सवारी साधन कर्जा प्राप्त गर्न सक्दछन् ।

उक्त सम्झौता पत्रमा बैंकका मुख्य व्यवस्थापक जयन्द्र विक्रम शाह र सिप्रदी ट्रेडिङ्गका महाप्रबन्धक अनुप मणि ढकालले हस्ताक्षर गरेका छन् । हाल बैंकको देशभर रहेको ७० शाखाबाट नै सो कर्जा सुबिधा उपलब्ध हुने बैंकले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस