विश्व/प्रवास

चीनले उत्पादन गरेको खोपको अध्ययन गरिरहेका छौंः विश्व स्वास्थ्य संगठन

tedros

२९ पुस, काठमाडौं । विश्व स्वास्थ्य संगठनले सो संगठनका विशेषज्ञहरुले चिनियाँ कम्पनीले उत्पादन गरेका दुई वटा खोप साइनोफार्म र साइनोभ्याकको आपतकालीन् प्रयोगका बारेमा अनुसन्धान गरेको जनाएको छ ।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रस आधनम गेब्रेयोसले सो कुराको जानकारी गराएका हुन् । उनले चीनका ती कम्पनीहरुले उत्पादन गरेका खोपहरुको आपतकालीन प्रयोगका लागि आवश्यक पर्ने प्रक्रिया पूरा गर्ने विषयमा विश्व स्वास्थ्य संगठनका विज्ञहरुले काम गरिरहेका बताएका हुन् ।

महानिर्देशक गेबरियसले भनेका छन्– ‘मलाई यस कारणले खुशी लागेको छ कि चीनका यी दुई खोपको प्रयोग र तिनको अन्तर्राष्ट्रिय प्रयोगका लागि आवश्यक गुणस्तरका विषयमा पनि विश्व स्वास्थ्य संगठनको विज्ञ समूहले काम गरिरहेको छ ।

विश्व स्वास्थ्य संगठनले विश्वका खोप उत्पादक कम्पनीहरुलाई छिटो छिटो खोपहरु उत्पादन गर्न र यससम्बन्धी तथ्यांकहरु संगठनलाई उपलब्ध गराउन पनि विश्व समुदायलाई आग्रह गरिरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस