समाचार

प्रचण्ड-नेपाल पक्षका विद्यार्थीले प्रधानमन्त्रीलाई भने–‘संविधान पढ्न ल क्याम्पस आउनोस्’

law campus student

२९ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल-माधवकुमार नेपाल पक्षधर विद्यार्थी संगठनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान पढ्न नेपाल ल क्याम्पस आउन अनुरोध गरेको छ । बुधबार अनेरास्ववियूले प्रधानमन्त्रीको ‘असंवैधानिक’ कदमविरुद्ध संविधानवाचन कार्यक्रम गर्दै प्रधानमन्त्री ओलीलाई संविधान पढ्न ल क्याम्पस आउन अनुरोध गरेको हो ।

अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले प्रधानमन्त्री ओलीले व्यक्तिगत स्वार्थ र कुर्सीका लागि गैरसंवैधानिक कदम चालेको आरोप लगाए । अनेरास्ववियूका नेता सुदेश पराजुलीले संविधानले प्रधानमन्त्रीलाई संसद् विघटनको कुनै अधिकार नदिएको जिकिर गरे । असंवैधानिक कदम नसच्चिएसम्म विरोधका कार्यक्रम जारी रहने अनेरास्ववियूले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *