सूचना प्रविधि

क्लासिक टेकको ग्राहकलाई रिचार्जमा ‘महा छुट अफर’

Classic Tech

२९ पुस, काठमाडौं । नेपालको अग्रणी र ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले सेवाग्राही लागि विशेष अफर ल्याएको छ । हरेक ग्रहक ले रु दुई हजार ८१६ देखि रु चार हजार १३० क्यास डिस्काउन्ट र २ महिनासम्म बोनस पाउने छन् । कम्पनीले यो अफर अनलाइन मार्फत रिचार्ज गर्नेहरुका लागि उपलब्ध गराएको हो ।

कोरोना (कोभिड–१९) भाइरसका कारण ग्राहकहरुकै सुरक्षालाई ध्यान दिँदै यस्तो योजना ल्याएको कम्पनीले जनाएको छ । उत्कृष्ट तथा गुणस्तरीय सेवा प्रवाह गरिहेको कम्पनीले अहिले विभिन्न किसीमका रिचार्ज सुविधामा ‘महा छुट अफर’ दिएको छ । सहज र उत्कृष्ट सेवा प्रवाह गर्दै ग्राहकहरुको मन जित्न सफल कम्पनीले ग्राहकहरुको फाइदा सुविधाका लागि विभिन्न समयमा छुट तथा बोनस अफर ल्याउने गर्दछ। यस्तो उत्कृष्ट प्याकेजमा अफरहरुले ग्राहकहरुलाई थप आर्थिक लाभ मिल्ने छ ।

ग्राहकले एक वर्षको शुल्क एकमुष्ट अनलाइन मार्फत भुक्तानी गर्दा जम्मा रकमको २० प्रतिशत छुट पाउँछन् भने, २ महिनाको प्लस बोनस सेवा उपलब्ध हुनेछ । त्यस्तैगरी ६ महिनाको रिचार्ज शुल्कभुक्तानी गर्ने ग्राहकले १५ प्रतिशत डिस्काउन्ट पाउनुका साथै १ महिनाको बोनस सेवाउपलब्ध छ । यो भनेको ग्राहकले ६ महिनाको शुल्कतिर्दा थप एक महिना सेवा उपलब्ध हुनु हो । तीन महिनाको प्याकेजमा रिचार्ज गर्दा ग्राहकले १० प्रतिशत डिस्काउन्ट पाउनेछन् । १ महिनाको रिचार्ज गर्दा ५ प्रतिशत क्यास डिस्काउन्ट दिएको छ ।

कम्पनीका अनुसार ग्राहकले जुनसुकै रिचार्ज गर्दा पनि आईपीटीभी एचडी ९तथा एसडी च्यानल उपलब्ध गराएको छ । ‘ल्यागफ्रि गेमिङ’, ‘भीडीओ स्ट्रिङमिङ’ एकदमै राम्रो उत्कृष्ट रहेको क्लासिक टेकको सेवामा देशका प्रमुख शहरहरुमा सजिलै उपलब्ध छ ।

त्यस्तै, ग्राहकहरुले साधारण शुल्कमा आफ्नो राउटर एक्सचेन्ज पनि गर्न सक्नेछन् । कसैलाई सेवा रिफर गरे कम्पनीले सेवामा थप बोनस उपलब्ध गरेको छ। जहाँ एक वर्षको योजनामा २ महिना निशुल्क बोनस पाइनेछ भने ६ महिनाको योजनामा १ महिना थप सेवा बोनस हुनेछ । त्यस्तै, कम्तिमा ३ महिनाको सेवा लिएको भए तपाईले १५ दिनको बोनस पाउने छ । यो विशेष अफर नछुटाउन कम्पनीका प्रमुख सेल्स एण्ड मार्केटिङ अफिसर बिनय अधिकारीले ग्रहकहरुलाई अनुरोध समेत गरेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *