समाचार

प्रधानमन्त्री ओली र जी न्यूजले माफी माग्नुपर्ने अनेरास्ववियूको माग

Ranjit Tamang

२९ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग अन्तर्वार्ता लिएको भोलिपल्ट भारतीय सञ्चारमाध्यम जी न्यूजका सम्पादक सुधीर चौधरीले सगरमाथाबारे दिएको विवादास्पद अभिव्यक्तिबारे नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववीयूले आपत्ति जनाएको छ ।

नेपालको राष्ट्रिय स्वाधीनता र नेपाली जनताको स्वाभिमानका विरुद्ध लगातार रुपमा विषवमन गर्दै आएको जी न्युजलाई प्रधानमन्त्रीस्तरबाटै बालुवाटारमा स्वागत गरिएको परिघटनाले थप आशंकित र आक्रोशित तुल्याएको अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अनेरास्ववियुले चौधरी र उनको संचारसंस्थालाई भ्रामक र तथ्यहिन समाचार सम्प्रेषण नगर्न र अविलम्ब माफी माग्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले पनि माफी माग्नुपर्ने बताएका छन् ।

‘संविधान लत्याएर  प्रतिगमनको बाटोमा हिँडेका प्रधानमन्त्री ओलीलाई सत्ता टिकाउने नाममा  राष्ट्रिय स्वाधीनता र स्वाभिमानमा गम्भीर आँच पुर्याउने ब्यक्ति र संस्थाहरुसंग रहस्यमय र अपारदर्शी भेटघाट र सांठगांठ  नगर्न चेतावनी दिन चाहन्छौं । यसका साथै प्रधानमन्त्री ओलीलाई चौधरीसँगको भेटवारे तत्काल जनतालाई स्पष्ट पार्न, आइन्दा त्यस्ता कुटनीतिक मर्यादा विपरितका भेटघाट  नगर्न र  यसअघि गरेको कुटनीतिक मर्यादा विपरितका भेटघाटबारे जनता समक्ष अविलम्ब माफी माग्न जोडदार माग गर्दछौं ।’, विज्ञप्तिमा भनिएको छ

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *