समाचार

‘जी न्युज’लाई ओलीले दिएको अन्तरवार्ता नाटक हो : प्रचण्ड

dahal parchandra

२९ पुस, काठमाडौं । नेकपा प्रचण्ड माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय न्युज टिभी च्यानल ‘जी न्युज’लाई दिएको अन्तर्वार्ता नाटकमात्रै भएको बताएका छन् । बुधबार काठमाडौंमा बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

उनले भने, ‘उहाँलाई विदेशी शक्ति आएर के के मन्त्र सुनाए त्यो थाहा भएकै हो । अहिले जी न्युजलाई उहाँले दिएको अन्तर्वार्ता पनि हेर्यौँ त्यो नाटकै हो । त्यसको पटाक्षप नै भैसकयो’, प्रचण्डको भनाइ थियो । उनले ओलीले जुन च्यानलाई अन्तरवार्ता दिएको सोही च्यानलले सगरमाथाको नामै फेर्ने सम्मको समाचार दिएको भन्दै ओलीलाई प्रश्न समेत गरे । ‘एभरेष्टको नाम फेर्न रे’, प्रचण्डको भनाइ छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस