२९ पुस, काठमाडौं । आन्तरिक राजश्व कार्यालय, बालाजुका कम्प्युटर अपरेटर र रेष्टुरेन्ट सञ्चालक घुस रकमसहित पक्राउ परेका छन् ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले अपरेटर राजन शर्मा र टिमुर किचन रेष्टुरेन्टका सञ्चालक सन्तोष थापामगरलाई मंगलबार पक्राउ गरेको हो । उनीहरूबाट अख्तियारले ४३ हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ गरेको सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए ।
अख्तियार प्रवक्ता गणेश बहादुर अधिकारीले दुबैलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस