
२९ पुस, काठमाडौं । विप्लव समूहका पश्चिम कमाण्ड प्रमुख धर्मेन्द्र बाँस्तोला पक्राउ परेका छन् । ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट उनी पक्राउ परेको प्रहरी उच्च स्रोतले जनाएको छ ।
उनी समूहको सचिवालय सदस्य एवं विदेश विभाग प्रमुखसमेत हुन् ।
बाँस्तोलासँगै समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ निकट नेता विवेक कुमाल पनि पक्राउ परेका छन् ।
प्रतिक्रिया दिनुहोस