समाचार

नेपालमा थप ४४५ जनामा कोरोना संक्रमण पुष्टि

coronavirus

२९ पुस, काठमाडौं । नेपालमा बुधबार थप ४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

चार हजार १५४ जनामा गरिएको परीक्षणमा ४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार १४३ जना पुगेको छ ।

साथै पछिल्लो २४ घण्टामा ४१४ जना कोरोनामुक्त भएका छन् । योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ५९ हजार ७७२ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस