समाचार

सल्यानमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

birendra bhandari

२९ पुस, दाङ । सल्यानमा बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

ढोरचौरबाट श्रीनगरतर्फ जाँदै गरेको ना ३ ख ९६४३ नम्बरको बसले बरलातर्फ जाँदै गरेको रा ३ प ८६६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा शारदा नगरपालिका–६ वरलाका ३० वर्षीय वीरेन्द्र भण्डारीको मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका भण्डारीलाई उपचारका लागि सल्यान अस्पताल पु¥याइएको भए पनि अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ठक्कर दिने बसका चालक फरार रहेकाले खोजी भइरहेको र बसलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस