
१ माघ, काठमाडौं । रत्नपार्क–भद्रकाली सडकखण्डमा बा३ख ४४३७ नम्बरको एक यात्रुबाहक बस दुर्घटना भएको छ ।
भद्रकाली नजिकैको आकासे पुलनेर चन्द्रागिरि यातायातको बस बिहीबार बिहान ७ः५५ बजेतिर सडकमै पल्टिएको हो । बिहानको समयमा तीव्र गतिका कारण अनियन्त्रित भइ बस पल्टेको प्रारम्भिक अनुसन्धानबाट खुलेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
बसमा सवार तीन जनामध्ये चालक र एक जना बच्चा गरी दुई जना घाइते भएका छन् । घाइते दुवैको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । घाइतेमध्ये चालकको अवस्था गम्भीर छ ।
बसमा सवार अर्का एक जना सम्पर्कमा नभएको र प्रहरीले उनको खोजी गरिरहेको छ । बस दुर्घटनापछि केही समय सवारी आवागमन अवरुद्ध भएको थियो ।
प्रतिक्रिया दिनुहोस