
१ माघ, काठमाडौं । चीनमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । चीनमा ८ महिनायता कोरोनाबाट कसैको मृत्यु भएको यो पहिलो पटक हो ।
स्वास्थ्य अधिकारीहरूले मृतकको विस्तृत विवरण खुलाएका छैनन् । उनी हेबेई प्रान्तका भएको बताइएको छ । केही दिनअघि मात्रै राजधानी बेइजिङसँग जोडिएको हेबेईमा एकैदिन दर्जनौं संक्रमित भेटिएपछि त्यहाँ लकडाउन गरिएको छ ।
बिहीबार चीनमा एकैदिन १३८ जना संक्रमित भेटिएका छन् । गत वर्षको मार्चपछि एकैदिन यति धेरै मानिसमा संक्रमण भएको पनि यो पहिलो पटक हो । गत वर्ष कोरोनाभाइरसको सुरू चीनको वुहानबाट भएको थियो ।
प्रतिक्रिया दिनुहोस