समाचार

कोरोना पोजेटिभ देखीएका डिएसपी केसीको मृत्यु

dsp kc

१ माघ, काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) डम्बर बहादुर केसीको निधन भएको छ । बुधवार राती प्रहरी अस्पताल महाराजगञ्जमा उनको निधन भएको हो ।

केही समयअघि उनलाई कोरोना भाइरस पोजेटिभ देखिएको थियो । उनी पेटको क्यान्सरबाट पिडीत केसी पुस २७ मा प्रहरी अस्पतालमा भर्ना भएका थिए । प्रहरी प्रधान कार्यालय  अपराध अनुसन्धान विभागमा दरबन्दी भएका केसी खानेपानी बोर्डमा कार्यरत थिए ।

उनि बाग्लुङका स्थानिय हुन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस