समाचार

वरिष्ठ साहित्यकार विजय चालिसेका तीन नयाँ कृति बजारमा

bijay chalise book

१ माघ, काठमाडौं । वरिष्ठ साहित्यकार तथा पत्रकार विजय चालिसेका तीन नयाँ कृति बजारमा आएको छ । लेखक चालिसेका ‘सर्पदंशित मेरो वर्तमान’, ‘परिशीलन’ र ‘मरूभूमिको फूल’ नामका कृति बजारमा आएको हो ।

पुस्तक ‘सर्पदंशित मेरो वर्तमान’ चालिसेका यसअघि विभिन्न पत्रपत्रिकामा प्रकाशित २७ वटा निबन्धहरूको संग्रह हो । ‘परिशीलन’ नेपाली भाषा, साहित्य तथा आमसञ्चारबारेको अनुसन्धानात्मक पुस्तक हो ।

यसमा विभिन्न १० शीर्षकका लेखहरू समाहित छ । ‘मरूभूमिको फूल’ चालिसेको नियात्रा तथा संस्मरणहरूको सङ्गालो हो । तीनवटै कृतिलाई बीएन पुस्तक संसारले प्रकाशनमा ल्याएको हो ।

नेपाली साहित्यमा पनि मूलतः कथाका क्षेत्रका परिचित विजय चालिसेले लामो समयदेखि कार्यपत्र र अन्य रचनाका रूपमा भाषा, साहित्य, संस्कृति र सञ्चार विषयक खोजमूलक लेखहरूमा कलम चलाउँदै आएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस