सूचना प्रविधि

दरबारमार्गको सामसङ्ग डिजिटल प्लाजा अझ विस्तार हुँदै

samsung plaza

१ माघ, काठमाडौं । सामसङ्ग इलेक्ट्रोनिक्स तथा घरयासी उपकरणहरुको नेपालका लागि अधिकृत वितरक हिम इलेक्ट्रोनिक्सले दरबारमार्गको डिजिटल प्लाजालाई अपग्रेड र विस्तार गरेको छ ।

करिब ४३०० स्क्वायर फिटमा फैलिएको यो  शोरुम नेपालको शोरुमहरु मध्ये एक ठुलो शोरुममा पर्दछ । सामसङ्ग इलेक्ट्रोनिक्सका भाइस प्रेसिडेन्ट सुंग जुन पार्कले शोरुमको उद्घाटन गरेका छन् ।

सामसङ्ग प्लाजाले आफ्ना ग्राहकहरूलाई बिभिन्न तरिकाहरू मार्फत सुविधा पु¥याउँदै आइरहेको छ । सामसङ्ग डिजिटल प्लाजामा किउएलईडी टीभी, एलईडी टीभी, रेफ्ररिजेरेटर, वासिङ मेसिन, माइक्रो ओभन, मोबाइल फोन जस्ता सामसङ्गका उत्पादनहरु रहेका छन् ।

यसबाहेक हिम इलेक्ट्रोनिक्सले उपत्यका भित्र रहेका ६ वटा सामसङ्ग डिजिटल प्लाजा र उपत्यका बाहिर विभिन्न स्थानमा रहेका पाँचवटा सामसङ्ग डिजिटल प्लाजा मार्फत ग्राहकहरुलाई उच्च गुणस्तरीय तथा नवीनतम उत्पादनहरु प्रदान गर्दै आइरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस