समाचार

नागढुङ्गाबाट लागुऔषधसहित एक युवक पक्राउ

pakrau

१ माघ, काठमाडौं । प्रहरीले नागढुङ्गाबाट लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गामा सर्लाहीबाट काठमाडौं आउँदै गरेको ना७ख २७९० नम्बरको यात्रुबाहक बस जाँचका क्रममा सिन्धुपाल्चोकका २३ वर्षीय उमेश गहतराजलाई आज बिहान पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख, प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले झोलामा लुकाएर ल्याएको लागुऔषधसहित गहतराजलाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ गहतराजसँग प्रहरीले ६४ एम्पुल डाइजेपाम, ६७ एम्पुल फेनार्गन, ६४ एम्पुल नुर्फिन र ४० ट्याब्लेट नाइट्राजेपाम बरामद गरेको छ । पक्राउ परेका गहतराजमाथि लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस