समाचार

अनुभवी सीएमात्रै योग्य हुने गरी नियमावली बनाइँदै

accounting services

२ माघ, काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्ससंस्था (आईक्यान) परिषद्ले १५ वर्ष पुरा गरेका चार्टर्ड एकाउन्टेन्ट (सीए) ले मात्र उम्मेदवारी दिन पाउने गरी नियमावली परिवर्तन गर्ने एजेण्डा पारित गरेको छ ।

परिषद् बैठकले सोमबार आगामी १७ वैशाखमा हुने निर्वाचनलाई लक्ष्य गरी यस्तो निर्णय गरेको हो । पाँच वर्ष अघि यस्तै निर्णय गर्दै ५ वर्षे अनुभवबाट १० वर्षे हुनुपर्ने नियम बनाइएको थियो ।

पटक पटक नियम परिवर्तन गरिएको भन्दै केही सदस्यले असन्तुष्टि जनाएपनि सोमबारको बैठकमा अध्यक्ष मदन शर्माले एजेण्डा पारित भएको घोषणा गरेको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस