सूचना प्रविधि

नेपाल क्लियरिङ्ग हाउसले सुरु गर्यो ‘कर्पोरेट पे’ प्रणाली

nchl corporate pay

२ माघ, काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)ले आज अनलाइन कार्यक्रम आयोजना गरी बैंक तथा वित्तीय संस्थाका व्यावसायिक ग्राहकहरूका लागि ‘कर्पोरेट पे’ प्रणालीको सुरुवता गरेको छ ।

बिहीबार भर्चुअल माध्यबाट गरिएको सो प्रणालीको उद्घाटन  राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गरेका हुन् । यस प्रणालीको सुरुवात सँगै अब व्यावसायिक संस्थाहरूले नगद वा चेकको सट्टामा वैकल्पिक च्यानल प्रयोग गरी डिजिटल भुक्तानी गर्न सक्नेछन् ।

यस प्रणालीमार्फत अन्तर बैंक र सोही बैंकको फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, नेपाल सरकारको राजस्व भुक्तानी, सामाजिक सुरक्षा कोषको योगदान भुक्तानी, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषको भुक्तानी र अन्य विभिन्न सेवा सम्बन्धी भुक्तानी गर्न सकिन्छ । कार्यक्रममा नेपाल राष्ट्र बैंकका अन्य विशिष्ट अतिथिहरूको सहभागीता थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस