
२ माघ, काठमाडौं । नेपालमा पनि कोरोना विरुद्धको खोपले आपतकालीन प्रयोगको अनुमति पाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगतको औषधी व्यवस्था विभागले शुक्रबार कोरोना खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिने निर्णय गरेको सूचना अधिकारी सन्तोष केसीले जानकारी दिए । योसँगै ‘कोभिसिल्ड’ नेपालमा आपत्कालिन प्रयोगको अनुमति पाउने पहिलो कोभिड–१९ विरुद्धको खोप बनेको छ ।
अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले निर्माण गरेको खोपको भारतको सेरम इन्सिटिट्युटले उत्पादन गरिरहेको छ । यस खोपको दुई डोज चार देखि १२ हप्ताको अन्तरालमा लगाउनुपर्दछ ।
प्रतिक्रिया दिनुहोस