
२ माघ, मुम्बाई । भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा भएको एक सडक दुर्घटनामा परेर कम्तीमा पनि ११ जना व्यक्तिको मृत्यु भएको छ । मिनीबस र विपरीत दिशाबाट आएको अर्को एक ट्रक आपसमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा अन्य सात जना घाइते भएका छन् । उनीहरुलाई अस्पताल पुर्याइएको छ ।
सो दुर्घटनामा परेर उक्त बसमा रहेका एकजना पुरुष सवारी चालक सहित ११ जनाको ज्यान गएको बताइएको छ । मृत्यु हुनेमा दश जना यात्रु महिला रहेको प्रहरीले जनाएको छ । सो दुर्घटनास्थल बैंगलुरुबाट ४३० किलोमीटर पर पर्दछ। प्रहरीले घाइते सबैलाई अस्पताल लगिएको बताएको छ । प्रहरीका अनुसार सो दुर्घटनामा परेकामध्ये पाँच जना महिलाको अवस्था चिन्ताजनक रहेको छ ।
ती यात्रुहरु पारिवारिक कामका लागि हिँडेका थिए । उनीहरु गोवा जान लागेका थिए ।
प्रतिक्रिया दिनुहोस