
२ माघ, काठमाडौं । नेपाली युवा ब्याडमिन्टन स्टार प्रिन्स दाहाल ब्याडमिन्टनको विश्व वरीयताको जुनियरतर्फ ८ स्थान सुधार गर्दै तेस्रो नम्बरमा उक्लिएका छन् । यु–१९ तर्फ प्रिन्स तेस्रो स्थानमा उक्लिएका हुन् । गत डिसेम्बरमा उनी विश्व वरियतामा ११ औं स्थानमा थिए ।
जुनियरतर्फ डेनमार्कका म्याड्स जुयल मोलर १३,५५० अंकसहित पहिलो स्थानमा छन् । त्यस्तै, भारतका वरुन कपूर १३,१५० अंकसहित दोस्रो स्थानमा छ । तेस्रो स्थानका दाहालको १०,४०० अंक छ ।
इङल्यान्डका इथान रोस १०,०६० अंकसहित चौथो र मलेसियाका एचओएच जस्टिन ९,५९० अंकसहित पाँचौ स्थानमा छन् ।
प्रतिक्रिया दिनुहोस