समाचार

केपी ओलीसँग अब मिलेर अघि बढ्ने सम्भावना छैन : माधव नेपाल

madhav kumar nepal

२ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले अब प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर अघि बढ्ने सम्भावना नरहेको बताएका छन् ।

संविधान निगरानी समूहले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री ओली दम्भले भरिएको मान्छेसँग मिलेर बढ्ने सम्भावना नरहेको भन्दै नेकपा एकताको सम्भावना नरहेको बताएका हुन् ।

‘ढुक्क हुनुस् अब मिल्ने सम्भावना छैन । उहाँ पार्टी सदस्य हुन योग्य हुनुहुन्न । उहाँ मदन भण्डारी फाउन्डेसनको वरिपरि मात्र डुल्ने हो । उनले सत्ताको दुरुपयोग गरेका छन्,’ उनले भने, ‘उनले आफूलाई कामचलाउ होइन भनिरहेका छन्, कामचलाउ होइन भने उहाँ अवैधानिक प्रधानमन्त्री हो ।’

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *