
२ माघ, बुटवल । ५ वर्षीया बालिकामाथि जबर्जस्ती करणी (बलात्कार) गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरी समेत कुटपिट गरेको अभियोगमा तिलोत्तमा बस्ने पटना घर भएका २८ वर्षीय होम बहादुर बिक बिहीबार बेलुका पक्राउ परेका हुन् ।
बालिकालाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल हुँदै थप उपचारको लागि बीर अस्पताल काठमाडौं पठाएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस