३ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सर्वोच्च अदालतका चारजना न्यायाधीशबीच भेट भएको भन्ने विषयमा सम्प्रेषण भएको समाचारलाई आधार मान्दै सर्वोच्च अदालतको इजलासमा पनि कुरा उठाइयो ।
सर्वोच्च अदालतमा बहस सकिँदै गर्दा आफूले रिट निवेदकका तर्फबाट केही कुरा राख्ने सांसद शशी श्रेष्ठले बताइन् । उनले सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा हेरिरहेका केही न्यायाधीशले प्रधानमन्त्री ओलीसँग भेट गरेको तथ्य सञ्चारमाध्यममार्फत बाहिर आएको बताइन् । ‘
तर सर्वोच्च अदालतले विज्ञप्ति प्रकाशित गर्दै ‘संवैधानिक इजलासका न्यायाधीश सपना मल्लसहित चार न्यायाधीशले प्रधानमन्त्री ओलीलाई भेटे’ भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनायो । विज्ञप्तिमा अदालतमा विचाराधीन मुद्दामा अनावश्यक आशंका र भ्रम सिर्जना गर्ने मनसाय राखी सत्य, तथ्य, यथार्थ बुझ्दैनबुझी समाचार बनाएको भन्दै आपत्ति जनाइएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।