समाचार

नेता, व्यवसायीसहित २२० उच्च पदस्थको सम्पत्ति छानबिन हुँदै

sampatti

३ माघ, काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेता, पूर्व प्रशासक, व्यवसायीसहित २२० जनाको सम्पत्ति छानबिन गरिरहेको छ ।

यिनमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, अख्तियारका पूर्व प्रमुख आयुक्त दीप बस्न्यात, पूर्वआयुक्त राजनारायण पाठकलाई घुस दिने नेपाल इन्जिनियरिङ कलेजका तत्कालीनअध्यक्ष लम्बोदर न्यौपानेलगायत छन् ।

उनीहरुले कमाएको अकुत सम्पत्तिको अनुसन्धान गरी केही मुद्दा दायर गर्ने तयारी रहेको विभागले जनाएको छ । १ हजार ३०० उजुरीको प्रारम्भिक जाँचबुझ भइरहेको विभागका सूचना अधिकारी सुशील प्रसाद आचार्यले बताए । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस