समाचार

देशभरका पालिकामा प्रदर्शन गर्दै कांग्रेस

congress protest 5

३ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले आज सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्दै छ । यसअघि कांग्रेसले पुस १३ गते १ सय ६५ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्र र पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो ।

पार्टी सभापति शेरबहादुर देउवाले ७ सय ५३ स्थानीय तहमा शनिबार हुने विरोध प्रदर्शनमा सक्रिय सहभागी हुन सबैलाई आग्रह गरेका छन् । ‘संसद् विघटनको कार्यलाई हामीले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेका छौं । संविधानमा भएको व्यवस्था प्रतिकूल, जनभावना विपरीतको कार्यविरुद्ध कांग्रेस एकमतका साथ उभिएको छ’, सभापति देउवाले शुक्रबार विज्ञप्तिमा लेखेका छन्, ‘पार्टीको सबै तहका साथीहरूसँगै समस्त लोकतन्त्रवादीमा विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यबद्धता प्रकट गर्न अपिल गर्दछु ।’

कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोध गरे पनि पुनःस्थापनाको माग भने गरेको छैन । उसले सरकारको कदमविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले अदालतको फैसला कुर्ने रणनीति लिएको छ । अदालतले पुनःस्थापनाको पक्षमा फैसला गरे स्वागत गर्ने नत्र चुनावमा जाने कांग्रेसको तयारी छ ।अन्नपूर्ण पोस्ट दैनिकबाट

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस