
३ माघ, तनहुँ । तनहुँमा आज बिहान गुडिरहेको ट्रकमा आगलागी भएको छ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा ट्रकमा आगलागी भएको हो ।
दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको लु २ ख ११९ नम्बरको ट्रक आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगालागीबाट ट्रक पूर्ण रुपमा क्षति भएको छ ।
मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । आगलागी हुने वितिक्कै चालक ओर्लेकाले जोगिएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस