
३ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २ सय ४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने थप ६ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६७ हजार ५६ पुगेको छ भने मृतकको संख्या १९५४ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा ४ सय ७७ जना उपचारपछि डिस्चार्ज भएको पनि मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६१ हजार ४४ पुगेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस