३ माघ, काठमाडौं । काँग्रेसका महामन्त्री शशांक कोइरालाले प्रतिनिधिसभा विघटनका सन्दर्भमा अदालतको निर्णय काँग्रेसले स्वीकार्ने बताएका छन् । पूर्वी नवलपरासीको देवचुली नगरपालिकाको विरोध सभामा महामन्त्री कोइरालाले संसद् विघटनविरुद्ध मुद्दा अदालतीय प्रक्रियामा रहेकाले अदालतको निर्णय काँग्रेसलाई मान्य हुने बताए ।
तर संविधानलाई च्यातेर प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेकोले संविधान रक्षा गर्न पनि काँग्रेस सडकमा आउनु परेको उनले बताए । संविधानलाई सही बाटोमा ल्याउन प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने उनको भनाइ छ ।
प्रधानमन्त्री ओलीले पार्टी झगडा मिलाउन नसकेर संसद् विघटन गर्नु संविधानको मर्मविपरीत भएको कोइरालले बताए । यसरी सरकारले घोषणा गरेको निर्वाचन हुने कुरामा आफूलाई विश्वास नभएको उनले भनाइ छ ।
प्रतिक्रिया दिनुहोस