समाचार

हिउँदमा हिमाल चढेर नेपाली टोलीले रच्यो इतिहास

mount k2 nepali team

४ माघ, काठमाडौं । नेपाली आरोहीहरुको टोलीले शनिबार पाकिस्तानस्थित केटू हिमाल चढेर नयाँ इतिहास रचेका छन् । हिउँदको मौसममा अहिलेसम्म कसैले चढ्न नसकेको केटू हिमाल चढेर सो टोलीले हिमाल आरोहणका क्षेत्रमा नयाँ रेकर्ड कायम गरेको हो ।

८ हजार मिटरभन्दा बढि उचाइ भएका संसारका १४ हिमालमध्ये अरु सबै १३ हिमाल हिउँदमा चढिएको भए पनि यो हिमाल भने हिउँदमा कसैले पनि आरोहण गर्न सकेको थिएन । टोलीका एक सदस्य निम्स दाइ पुर्जाले उनी स्थानीय समयानुसार बेलुका पाँच बजे पर्वतको शिखरमा पुगेको जानकारी दिए ।

उनीहरु चुचुरोमा पुगेलगत्तै सो आरोहणको व्यवस्थापन गर्ने सेभेन समिट ट्रेकले आफ्नो ट्विटर ह्यान्डलमार्फत् खुशी बाँडेको छ । ‘वी डिड इट (हामीले गरिछाड्यौं)’ उसले ट्विटमा भनेको छ, ‘काराकोरमको सेभेज (डरलाग्दो) माउन्टेनलाई सबैभन्दा जोखिमपूर्ण मौसम हिउँदमै आरोहण गरिएको छ ।’

mount k2सेभेन समिटका अनुसार नेपाली आरोहीहरु निर्मल पुर्जा, गेल्जी शेर्पा, मिङमा डेभिड शेर्पा, मिङमा जी, सोना शेर्पा, मिङमा तेन्जी शेर्पा, पेमछिरी शेर्पा, दावा तेम्बा शेर्पा, किली पेम्बा शेर्पा र दावा तेन्जिङ शेर्पाले यो कठिन मौसमका बेला सो हिमाल आरोहण गरेका हुन् ।

सुरुमा आआफ्नै किसिमबाट छरिएर आरोहण गरेका १० जनाले नेपालको नाममा संयुक्त इतिहास रच्ने योजनाका साथ अन्तिम चरणमा एउटै समूह बनाएर शिखर आरोहण गरेको बताइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस