समाचार

कस्तो रहला आजको मौसम ?

clear weather

४ माघ, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशको पूर्वी भूभागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।

यस्तै, बिहान प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ । देशका तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । यसैगरी, आज दिउँसो प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागहरूमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

आज राति पनि देशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकि भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस