अर्थनीति

७ सयले ओरालो लाग्यो सुनको मुल्यो, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

gold

४ माघ, काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज पनि ओरालो लागेको छ । तोलामा नै ७०० रुपैयाँले ओरालो लागेर साताको पहिलो दिनको कारोबार सुरु भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । छापावाला सुन शुक्रबार तोलाको ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुन शुक्रबारका तुलनामा तोलामा नै ७०० रुपैयाँले घटेको छ । ९२ हजारमा शुक्रबार कारोबार भएको तेजाबी सुन आज तोलाको ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै, चाँदी तोलामा ३० रुपैयाँले घटेको छ । प्रतितोला एक हजार २६० रुपैयाँमा शुक्रबार कारोबार भएको चाँदी आज भने एक हजार २३० रुपैयाँ मूल्य निर्धारण भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस