
४ माघ, काठमाडौं । सप्तरीमा आइतबार बिहान गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । खड्क नगरपालिका-८ गिरधारी राइस मिल नजिक स१त २५१२ नम्बरको रोकिराखेको ट्याक्टरमा मे१ज २४५२ नम्बरको सुमो गाडी ठोकिँदा एकजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सुमोमा सवार अन्धाजी २५ वर्षीय पुरुष रहेका छन् । उनको नाम, थर र वतन भने नखुलेको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका उनको उपचारका क्रममा सगरमाथा अञ्चल अस्पताल राजबिराजमा मृत्यु भएको हो ।
दुर्घटनामा सुमोका चालक पाँचथर फिदिम नगरपालिका-३ का ३४ वर्षीय टेकबहादुर दर्जी घाइते छन् । उनको छिन्नमस्ता अस्पताल राजबिराजमा उपचार भैरहेको छ । ट्याक्टर चालक, तथा सुमो प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको छ ।
यस विषयमा थप अनुसन्धान भैरहेको सप्तरी प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस