समाचार

चुनावबारे छलफल गर्न निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक

nirwachan aayog

४ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटन पछि घोषित निर्वाचन कार्यक्रमका सन्दर्भमा आज (आइतबार) निर्वाचन आयोगले राजनीतिक दलसँग छलफल गर्ने भएको छ ।

आयोगले आइतबार सर्वदलीय बैठक आह्वान गरेर निर्वाचनका सन्दर्भमा छलफल गर्न लागेको हो । सर्वदलीय बैठकका लागि राजनीतिक दलका प्रतिनिधिहरुलाई आयोगले कान्तिपथस्थित आफ्नै कार्यालय (बहादुर भवन)मा बोलाएको छ ।

संघीय संसदअन्तर्गत प्रतिनिधि सभा विघटनको घोषणासँगै राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वैशाख १७ र २७ गते नयाँ निर्वाचनको मिति तोकेकी छिन् । निर्वाचनको मिति घोषणा भएसँगै आयोगले आवश्यक तयारी थालेको छ । यता, सरकारले पनि निर्वाचनको लागि आवश्यक थालनी सुरु गरेको जनाएको छ । तर, संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस