समाचार

चोरी मुद्दामा ५८ वर्ष कैद सजाय पाएका चोर १५ वर्षपछि पक्राउ

dipak shrestha

४ माघ, काठमाडौं । ५८ वर्ष कैद सजाय पाएका चोर १५ वर्षपछि पक्राउ परेका छन् । चोरी मुद्दामा फरार ४१ वर्षीय दिपक श्रेष्ठलाई प्रहरीले काठमाडौं महानगरपालिका-६ बौद्धबाट शनिबार पक्राउ गरेको हो ।

नवराज न्यौपानेसहित १० जनाको फरक–फरक जाहेरी परेको १० ओटा चोरी मुद्दामा उनीविरुद्ध अदालतले २०६३ साल पुस २३ गते उक्त फैसला गरेको थियो । तर, उनी फरार रहँदै आएका थिए ।

महानगरीय अपराध महाशाखाबाट खटिएको विशेष टोलीले शनिबार उनलाई काठमाडौंको बौद्धबाट पक्राउ गरेको प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए । श्रेष्ठ बौद्धमा बस्दै आएका थिए ।

उनलाई फैसला कार्यन्वयनका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस