
४ माघ, काठमाडौं । नेकपा (प्रचण्ड–नेपाल) समूहको राष्ट्रिय युवा संघको कार्यक्रम कालो मास्क वितरण गरिएको छ । नेकपा केपी ओली समूहको कार्यक्रममा कालो मास्क लगाउनेलाई प्रतिबन्ध गरिएकोमा (प्रचण्ड–नेपाल) समूहमा ठीक उल्टो भेटिएको छ ।
प्रचण्ड नेपाल पक्षको युवा संगठनको दोस्रो पूर्ण बैठकमा कार्यक्रम हलमा प्रवेश गर्दा कालो मास्क वितरण गरिएको छ । आइतबार काठमाडौं नयाँ बानेश्वरस्थित बुद्धनगरमा बसेको युवा संघको बैठकमा अध्यक्ष प्रचण्डसहितको नेताले सम्बोधन गर्दैछन् ।
प्रतिक्रिया दिनुहोस