समाचार

वृज सिमेन्टद्वारा नेपाल स्टारका सिद्धान्त खड्कालाई आवास निर्माणको लागि सहयोग

brij cement donation

४ माघ, काठमाडौं । नेपाल टेलिभिजनबाट प्रशारित बाइबाइ नेपाल स्टारको उत्कृष्ट ६ मा पर्न सफल सिद्धान्त खड्कालाई वृज सिमेन्टले आवास निर्माणको लागि सहयोग गरेको छ । सिद्धान्त खड्का नेपाल स्टारमा इटहरी अडिसन राउण्डबाट प्रवेश गरेका थिए ।

उनको आफनो गायनको श्रृङ्खलाको निरन्तरता नेपाल स्टारको उत्कृष्ट ६ मा आइपुगेपछि भोटको आधारमा बाहिरिएका थिए । आफनो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पुष्पतारा केडिया सेवा फाउण्डेशनको सहकार्यमा वृज सिमेन्टले उक्त्त सहयोग गरेको जनाएको छ । अडिसन राउण्डदेखि आजको दिनसम्म आफनो मेहनत र परिश्रमले उत्कृष्ट ६ सम्मको यात्रा तय गरेको वृज सिमेन्टले उनलाई बधाइ ज्ञापन गरेको छ ।

वृज सिमेन्टका कार्यकारी निर्देशक मोहित केडियाले भने, ‘नेपाल स्टारलाई स्पोन्सर गर्दै आएको छ र देखि सहभागीहरुको हौसला बढाउनको घोषणा गर्दै आइरहेको छ र यो श्रृङ्खला अन्तिम प्रतिस्र्पधासम्म हुनेछ । यसै सन्दर्भमा यस कार्यक्रमका सहभागीलाई धन्यवाद दिन चाहन्छु । आशा छ, हाम्रो सानो टेवाले, भविष्यमा वहाँलाई  अगाडि बढने हौसला प्रदान गर्नेछ ।’

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस