
४ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आइतबार बिहान शितल निवासमा उनीहरुबीच भेटवार्ता भएको हो । राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शितल निवास पुगेका थिए ।
राष्ट्रपति र प्रधानमन्त्रीबीच के के कुराकानी भएको भन्ने बाहिर आइसकेको छैन् । संसद विघटनपछि प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग भेटवार्तालाई बाक्लो बनाउँदै आएका छन् । संसद विघटनपछि सत्तारुढ दल नेकपामा समेत फुट आइसकेको छ ।
प्रतिक्रिया दिनुहोस