समाचार

प्रदेश नम्बर २ मा भोलि सार्वजनिक बिदा

sarbajanik bida

४ माघ, जनकपुरधाम । प्रदेश नम्बर २ मा भोलि सार्वजनिक विदा दिइएको छ । बलिदानी दिवसको अवसरमा माघ ५ गते सोमबार मुख्यमन्त्री सञ्चार सचिवालयले सार्वजनिक विदा दिने घोषणा गरेको हो ।

तराई मधेशमा भएको अधिकार प्राप्तिको आन्दोलनको क्रममा ज्यान गुमाएका शहिदहरुको स्मरणमा प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाइने गरिन्छ । बलिदानी दिवस सिरहाको लहानस्थित मधेश आन्दोलनका प्रथम सहिद रमेश महतोको स्मरणमा मनाउँदै आएको छ । तर, यसवर्ष प्रदेश २ को विभिन्न ठाउँमा मनाउने बताइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस