अर्थनीति

सेयर बजार २८ अंकले बढ्यो, ६ अर्बको कारोबार

Nepal Stok exchange

४ माघ, काठमाडौं । सेयर बजार परिसूचक (नेप्से) ले २ हजार ३ सयको बिन्दु पार गरेको छ । आइतबार नेप्से परिसूचक २८.४६ अंकले बढ्दा परिसूचक २ हजार ३ सय १८ दशमलव ६६ विन्दुमा पुगेको हो । यो सेयर बजारको इतिहासमा हालसम्मकै माथिल्लो विन्दु हो ।

आइतबार बजारमा ६ अर्ब ३७ करोड बराबरका १ लाख ५० हजार कित्ता सेयर कारोबार भएका छन् । कुल १७५ कम्पनीको कारोबारमा यो दिन १ सय १८ कम्पनीको मूल्य बढेको छ । ५२ कम्पनीको मूल्य घट्दा ५ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आजको कारोबारमा हाइड्रोपावर बाहेक सबै उपसमूहमा सुधार देखिइएको छ । सल्ट ट्रेडिङ लगायतका १६ कम्पनीको मूल्यमा ९ प्रतिशत भन्दा धेरैले वृद्धि भएको छ । सबैभन्दा धेरै गिरावट चाहिँ युनाइटेड फाइनान्सको ५.७१ प्रतिशत भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस