बैँक / वित्त

सिटिजन्स बैंकले ल्यायो ‘इन्स्टा बाई’ नयाँ योजना

citizens bank

४ माघ, काठमाडौं । सिटिजन्स बैंकले ग्राहकहरुलाई वस्तु तथा सेवा खरिद गर्न सजिलो हुने उद्देश्यले ‘इन्स्टा बाई’ नयाँ योजना संचालन गरेको छ ।

बैंकले देशभरका जुनसुकै मर्चेन्टहरुमा क्रेडिट कार्डमार्फत न्युनतम १० हजार देखि २ लाख ५० हजार सम्म भुक्तानी गर्दा सो खरिद रकमलाई मासिक किस्ताबन्दीमा परिर्वतन गर्नलाई ‘इन्स्टा बाई’ योजना संचालनमा ल्याएको जनाएको छ ।

यो योजनाअन्तर्गत क्रेडिट कार्ड प्रयोगकर्ताहरुले एकै पटकमा सामान तथा वस्तु खरिद गरेर रकम भुक्तानी गर्न आफ्नो आयस्रोत अनुसारको किस्ता अवधि छनोट गर्न सकिने नयाँ सुविधा लिन सक्नेछन् ।

क्रेडिट कार्ड प्रयोगकर्ताहरुले खरिद गर्ने वस्तु तथा सामानहरुको खरिद रकम ३ महिनादेखि १८ महिनासम्मको अवधिभित्र बैंकलाई भुक्तानी गर्नुपर्ने हुन्छ । क्रेडिट कार्डमार्फत वस्तु तथा सेवा खरिद गरेपछि नजिकको शाखा कार्यालयमा पुगेर किस्ताबन्दीको आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस