
४ माघ, काठमाडौं । बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले एक विशेष समारोहबीच नयाँ बजाज डोमिनार २५० खरिद गर्ने ग्राहकलाई साँचो हस्तान्तरण गरेको छ ।
यही माघ २ गते ज्ञानेश्वरको एटिक रेष्टुरेन्ट भएको उक्त समारोहमा गोल्छा गु्रपका निर्देशक अभिमन्यु गोल्छाले बजाज डोमिनार २५० खरिद गर्र्ने महानुभावहरुलाई साँचो, राइडिङ ब्याग र हेल्मेट रहेको गिप्mट ह्याम्पर हस्तान्तरण गरेका थिए ।
साथै उक्त समारोहमा नै डोमिनार डेस्टिनेशनको पनि जानकारी दिइयो। डोमिनार डेस्टिनेशनको पहिलो इभेन्टमा सहभागी हुनका लागि बजाज डोमिनार २५० खरिद गर्न इच्छुक ग्राहकहरुले अनलाइन फर्म भरी टेकुको बजाज शोरुममा बुझाउनुपर्नेछ ।
लक्की ड्रबाट छानिएका महानुभावहरुले यही माघ १० गते हुने डोमिनार डेस्टिनेसनको पहिलो इभेन्टमा सुकुटेसम्मको रोमाञ्चक फ्रि राइडमा सहभागी हुने मौका प्राप्त गर्नेछन् ।