खेलकुद समाचार

माघको अन्तिम साता राष्ट्रव्यापी स्‍नुकर प्रतियोगिता हुने

snooker

४ माघ, काठमाडौं । माघ अन्तिम साताबाट बौद्ध स्थित अजिमा स्नुकर हाउसमा चक्र लामा–किसन लामा स्मृति राष्ट्रव्यापी स्नुकर प्रतियोगिता हुने भएको छ । नेपाल विलियाड्र्स, स्नुकर तथा पुल संघले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता माघ २८ गतेदेखि फागुन २२ गतेसम्म संचालन हुने जानकारी गराएको छ ।

प्रतियोगितामा ५० जिल्लाबाट करिब २ सय ५६ जना खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले जानकारी दियोे । प्रतियोगिताको विजेताले २ लाख ११ हजार ५ सय प्राप्त गर्ने छन् । यस्तै उपविजेताले ९१ हजार प्राप्त गर्दा तेस्रोले ३० हजार ५ सय प्राप्त गर्ने छन् ।

१ सय ४७ ब्रेक गर्नेले १० लाख प्राप्त गर्दा हाईएस्ट ब्रेक गर्नेले २१ हजार ५ सय नगद पाउने छन् भने  सेन्चुरी ब्रेक गर्नेले २ लाख १ हजार र बेस्ट प्लेयरले ११ हजार ५ सय पाउने छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस