समाचार

प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा मोतीलाल दुगड नियुक्त

Motilaal Dugad

४ माघ, काठमाडौं  । उद्योगी, व्यवसायी तथा पूर्व राज्यमन्त्री मोतीलाल दुगड प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार दुगडलाई आफ्नो विशेष आर्थिक सल्लाहकारको रुपमा नियुक्त गरेका हुन् ।

यसअघि राज्यमन्त्री रहेका दुगडलाई पछिल्लो विकसित राजनीतिक घटनाक्रमसँगै प्रधानमन्त्री केपी ओलीले नै वर्खास्त गरेका थिए । उनको वर्खास्तिसँगै हाल उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीमा विमला विक नियुक्त भएकी छन् ।

तर हालैमात्र प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त भएका दुगडले आफु राज्यमन्त्री हुँदा गरेको कामको उच्च मूल्याङ्कन गर्दै सरकारले विशेष आर्थिक सल्लाहकारमा नियुक्ती दिएको बताएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *