सूचना प्रविधि

अब डिशहोम रियालिटि टिभीमा ट्यालेन्ट शो ‘कलाको मेला’

kalako mela

४ माघ, काठमाडौं । मानिसहरुमा लुकेको कला प्रष्फुटन गर्ने उद्देश्यले आज (आइतबार)बाट डिशहोमको रियालिटि टिभी –च्यानल नं. १०२)मा रियालिटि शो ‘कलाको मेला’ सुरु हुँदैछ ।

हरेक हप्ता आइतबार साँझ ७ः३० बजे प्रसारण हुने यो ट्यालेन्ट शो १८ एपिसोडको हुनेछ । कलाकारहरुले प्रस्तुत गर्ने कलाको मूल्यांकन गर्ने काम निर्णायक मन्डलले गर्नेछ ।

डिश मिडिया नेटवर्कको प्रस्तुती यस कार्यक्रमबाट अवसरको अभावमा आफ्नो कला देखाउन नपाएकाहरुलाई राम्रो अवसर हुने डिशले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस