समाचार

चोरीको मोटरसाइकलसहित दुई जना पक्राउ

arrest with bike

४ माघ, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले भक्तपुरबाट चोरी भएको २२० सीसीको पल्सर मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको छ ।

पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले आज गौशाला क्षेत्रबाट सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिका वडा नं. ९ घर भई साँखु बस्ने वर्ष २५ का रुद्र बहादुर श्रेष्ठले नम्वर प्लेट परिवर्तन गरी चलाइरहेको अवस्थामा मोटरसाईकल सहित पक्राउ गरेको ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए ।

उक्त मोटरसाईकल सिन्धुपाल्चोक तौथली घर भई साँखु बस्ने बर्ष २६ को बिक्रम भन्ने भुवनराज श्रेष्ठले दिएको खुल्न आएको छ । भक्तपुर नगरपालिका वडा नं ४ बस्ने सुमन सुवालको मोटरसाईकल भक्तपुर सुर्यबिनायकबाट हराएको भनि महाशाखामा निवेदन दिएका थिए ।

हराएको निवेदनको आधारमा सूचना संकलन र हुलियाको आधारमा खोजतलास गरि हराएको मोटरसाइकल र चोरीमा संलग्न २ जनालाई पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, जगाती पठाईएको महाशाखाका प्रवक्ता एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिए ।

यस आ.व. मा चोरीको मोटरसाइकल सहित संलग्न ३२ जनालाई पक्राउ गरी मुद्दा चलाउन विभिन्न प्रहरी ईकाइमा पठाएको छ भने चोरी भई खोजतलास गरी १४७ वटा मोटरसाईकल सम्बन्धित सवारी धनीलाई जिम्मा लगाएको महाशाखाले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस