
४ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माघ ९ गतेको आन्दोलन भयंकर हुने चेतावनी दिएका छन् ।
अनेरास्ववियुको उपत्यकास्तरीय भेलालाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो आन्दोलनमा आफू पनि लाठी खान तयार भएको भन्दै ‘प्रतिक्रान्तिकाकारीको मुटु हल्लिने गरी’ लाग्न कार्यकर्तालाई आग्रह गरे ।
‘प्रतिगमन’लाई परास्त गर्न नेता– कार्यकर्ताको टाउको जोगाउन आफ्नो टाउको फुटाउन पनि तयार रहेको उनको भनाइ छ । उनले भने, ‘९ गते हामी सशक्त रुपमा जाने सोचेका छौं । आन्दोलनको अग्रपंक्तिमा हामी हुन्छौं। हिजो गिरिजाबाबु, माधव नेपाल र झलनाथहरुले लाठी खाएजस्तै मेरो टाउको चिलाइरहेको छ । मलाई लाठी खान मन छ यसपटक ।’
प्रतिक्रिया दिनुहोस