समाचार

जङ्गी अड्डामा सुरक्षा तथा व्यवस्थापन केन्द्रको उद्घाटन

jangi adda

४ माघ, काठमाडौं । प्रधान सेनापति पूर्णचन्द्र थापाले आज जङ्गी अड्डा भवनमा हालसालै स्थापना गरिएको ‘जङ्गी अड्डा सुरक्षा तथा व्यवस्थापन केन्द्र’को समुद्‍घाटन गरेका छन् ।

सो केन्द्रबाट जङ्गी अड्डा भवन तथा परिसर ईलाकामा २४ सै घण्टा डिजिटल मोनिटरिङ तथा सर्भिलेन्स गरी जङ्गी अड्डाको सुरक्षा व्यवस्थालाई थप सुदृढ तथा व्यवस्थित गरिएको सेनाले जनाएको छ ।

यस्तै बन्दोवस्ती तथा विपदको अवस्थामा छिटो सूचना प्राप्त गर्न सकिने व्यवस्था समेत गरिएको जनाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस