![ganesh pariyar](https://www.nmbnews.com/wp-content/uploads/2021/02/nmb-watermark-image.jpg)
५ माघ, काठमाडौं । संगीतकार एवं वाद्यवादक गणेश परियारको निधन भएको छ। उपचारका लागि ओम अस्पताल भर्ना भएका संगीतकार परियारको ७६ वर्षको उमेरमा निधन भएको हो ।
केही समयदेखि विमारी रहेका परियारको छातीमा खराबी देखिएपछि पछिल्लो समय उपचारका लागि ओम अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको निधन भएको संगीतकार शम्भुजित बाँस्कोटाले जानकारी दिए ।
रेडियो नेपालमा दुई दशकभन्दा बढी काम गरेका उनी नेपालको पहिलो संगीत संयोजन गर्ने व्यक्ति थिए । गायक, संगीतकार, भ्वाइलिनवादक आदिका रुपमा पनि उनलाई चिन्ने गरिन्छ ।
प्रतिक्रिया दिनुहोस