समाचार

सप्तरीमा आगलागीबाट चार घर नष्ट, २० लाख भन्दा बढीको क्षति

fire

५ माघ, सप्तरी । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकास्थित सकरदही टोलमा  आगलागी हुँदा चार घर जलेर नष्ट भएको छ ।

कङ्कालिनी–२ सकरदही निवासी जगन सुतिहारको गाईगोठबाट शुरु भएको आगलागीमा परी नारायण सुतिहार, दुर्गानन्द सुतिहार र सुमित मगरदैताको घर आज विहान जलेर नष्ट भएको वडाध्यक्ष सन्तोष गोइत यादवले जानकारी दिए ।

आगलागीबाट खाद्यन्न, लत्ताकपडा, नगद जिन्सी र भाँडाकुडा गरी करिव रु २० लाख मूल्य भन्दा बढीको क्षति भएको उनले बताए । आगलागीलाई स्थानीयवासी  बारुणयन्त्र, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका टोलीले  नियन्त्रणमा लिएका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस